वितरणमुखि बजेट राष्ट्रिय आवश्यकता : योगेश भट्टराई

वेलकम खबर
जेष्ठ २०, २०७६

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटको बचाउ गर्दै राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याएको बताएका छन् ।

बजेट वितरणमुखि भएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले आलोचना गरिरहेका बेला नेता भट्टराईले गरिब जनताको हितलाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याउनु परेको प्रतिक्रिया दिएका हुन् । सरकारले पेश गरेको बजेटमाथिको छलफलमा आइतबार प्रतिनिधिसभाको छलफलमा भाग लिँदै उनले गरिब, दलित, महिलालगायतका पीछडिएका समूदायको हितका लागि पनि बजेट वितरणमुखि बनाउने बाध्यता रहेको स्पष्ट पारे ।

बजेटले राष्ट्रिय गौरवको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिएको उनले दाबी गरे । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सम्पन्न गर्ने गरी बजेट ल्याउनुले मुलुकको उर्जा संकट समाधानमा उल्लेख्य योगदान पु¥याउने उनको भनाई थियो । नेता भट्टराईले बजेटको उत्पादनमा जोड दिएको, वितरण न्यायोजित हुनुपर्छ भन्ने मान्यतालाई अघि सारेर सामाजिक न्यायको मुद्दालाई उजागर गरेको पनि बताए ।

उनले बजेटमा स्रोतको अभाव हुनु स्वभाविकै भएको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सरकारले स्वदेशी उत्पादन र अन्तराष्ट्रिय समुदायसँग आर्थिक सहायता लिने कुरालाई जोड दिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु