एमालेले भन्याे– वंशगत शासनको बहस हास्यास्पद, माओवादीसहितको सरकार बेमौसमी

काठमाडौ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै विशेष प्रस्ताव पारित गरेको छ । सोमबारको सचिवालय बैठकले पछिल्लो घटनाक्रमबारे प्रस्ताव पारित गरेको हो । एमालेले वंशगत शासनको बहसलाई हास्यास्पद भनेको छ ।
‘‘…हामी एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हानिकारक, हास्यास्पद र निर्थक हुनेमा विशेष जोड दिन चाहन्छौँ,’’ प्रस्तावबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै, उनले प्रमुख प्रतिपक्षी माओवादीसहितको सरकारबारेको चर्चालाई बेमौसमी विषयको संज्ञा दिए ।