उच्च स्तरीय वार्ता बस्ने सहमति गदै सकियो बैठक

वेलकम खबर
चैत्र ३, २०८१

काठमाडौ । पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको बिरोधमा रहेका र सरकारी वार्ता बीच भएको वार्ता सम्पन्न भएको छ ।
आन्दोलनरत पक्षका वार्ता सहजीकरण समितिका सदस्य आलोक मावोहाङका अनुसार  सोमबार काठमाडौंमा दुई पक्ष बीच भएको वार्ता छलफलमा उच्च स्तरिय वार्ता आगामी चैत ७ गते बस्ने र आवश्यकता आनुसार केबलकार निर्माण ब्यवसायी सहित वार्ता बस्ने निर्णय जानकारी दिईन ।
सरकारी टोलीको नेतृत्व गृह मन्त्रालयमा सहसचिव प्रेमप्रसाद भट्टराई गर्नु भएको छ । वार्ताका लागि सहजीकरण गर्न आज देखि औपचारिक रुपमा सुरुभएको बताए । ।
वार्तामा केबलकार खारिजी हुनुपर्ने, बन्दी रिहाई लगायतका विषयमा छलफल भएपछि केबलकार खारेजी सरकारी प्रकृया भएको भन्दै उच्च स्तरिय गर्ने बताइएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलका बनाउन नहुने भन्दै लामो समय देखि स्थानीय तथा सरोकारवाला निकायले विरोध जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु