शिक्षक संगठन ताप्लेजुङको १४ औं जिल्ला अधिवेशन शुरु : नयाँ नेतृत्व आजै

ताप्लेजुङ । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १४औं जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ । नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यलय मदन भण्डारी स्मृति प्रष्ठिानको सभाहलमा जारी बन्दसत्रले आजै अबेरसम्म जिल्लाको नव नेतृत्वको टुङ्गो लगाउने संगठनका सचिब मदन सेन्दाङले बताउनुभयो । यस अघि अधिवेशनको खुल्ला सत्रमा संगठनका केन्द्रिय अध्यक्ष विष्णू प्रसाद भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा कोशी प्रदेश सदस्य तिलकुमार मेन्याङ्वो, संगठनका कोशी प्रदेश अधयक्ष महेन्द्र प्रक्राश गौतम,नेकपा एमाले ताप्लेजुङ कार्यवाहक अधयक्ष तथा आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन पोमु लगायतको उपस्थिति रहेको थियो ।