संसद्मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे

काठमाडौं । नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी छन् । उनी बसेको कुर्सी कसिएको पेच खुस्किएपछि चिप्लिएकी हुन ।
तर उनलाई कुनैपनि चोटपटक नलागेको बताएकी छन् । ताप्लेजुङ घर भएकी थेबे एमालेकी सांसद हुन् । थेबेले भनिन, ‘कुर्सीको पेच खुकुलो रहेछ । म कुर्सी खुस्किएर थचक्क बसे । त्यसपछि अर्को कुर्सीमा सरे । बाहिर गइन ।’ गगन थापा बोल्दै गर्दा उनको कुर्सी चिप्लिएको हो ।