पाथीभरा बहुमुखी क्याम्पसमा तिलकुमार जोगी निर्विरोध स्ववियु सभापति

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा तिलकुमार जोगी निर्विरोध स्ववियु सभापति चयनभएका छन् । नेवि संघका तर्फबाट तिलकुमार जोगीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । कार्यसमितिको सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल चयन हुनुभएको छ भने कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी निकिता लिम्बु चयन भएको निर्वाचन समितिले बताएको छ। यस्तै सदस्य पदमा नेवि संघकातर्फवाट १ जना , अखिल क्रान्तिकारी र अनेरास्ववियुका तर्फावाट २ ÷ २ जना चयन भएका छन्। नेवि संघको तर्फबाट सौगात बिष्ट , अखिल क्रान्तिकारीबाट शान्तिला गुरुङ र सुजन लिम्बु तथा अनेरास्ववियुवाट विनु तामाङ र सनुजा गौतम सदस्यमा चयन हुनुभएको बताइएको छ । सातजना सदस्य समानुपातिकबाट चयन हुने निर्वाचन समितिले बताएको छ । समानुपातिकका लागि विद्यार्थी संगठनले बन्दसूची बुझाएको र निर्वाचन तालिका अनुसार ७ दिनभित्रमा खोलिने निर्वाचन समितिले जनाएको छ ।