काठमाडौं महानगरपालिका –१६ मा रास्वपाको रोजिना निर्वाचित

वेलकम खबर
मंसिर १७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

१० हजार ५५८ मध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । अहिले भने रास्वपाको उदय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*