बिना जानकारी जापान गएपछि मन्त्रीले दिए राजीनामा

वेलकम खबर
कार्तिक २१, २०८१

विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन्। मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत नगरी जापान गएको विषय विवादमा परेपछि उनले राजीनामा दिएका हुन्।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ। तर, मन्त्रिपरिषद्को निर्णय बिना नै जापान पुगेर फर्किएको भनेर मन्त्री अधिकारीको आलोचना भइरहेको छ।

जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको बताइएको छ। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा अधिकारी एमालेबाटै मन्त्री बनेका थिए। अन्नर्पुण पोष्टबाट साभार

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु