एमालेमा योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको छ । आज (बिहीबार) बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो । उनले संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संम्बोधन गर्न विभागले काम गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरुको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु ।’ उनी यसअघि मधेश प्रदेशका इञ्चार्ज थिए ।