मुख्यमन्त्री कार्कीद्वारा १० हजार सहयोग

विराटनगर । बुबाआमाको अभावमा खाद्यन्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल– ५ का दुइ जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार रुपियाँ पठाई दिनु भएको छ । उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामाल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राख्नु भएको थियो ।
बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमका स्थानीय समाचारदाता जगतदल जनाला विकको प्रभु बैंकको खाता नं ३४४७०६०१७५७०००१८ मा उक्त रकम पठाई दिनु भएको हो ।
उक्त अनलाइन समाचारका अनुसार पीडित बालबालिका बुबा कवि विक र आमा मनिषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन वितारइरहेका छन् ।
पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरुको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्मन्त्री कार्कीले बताउनु भएको छ ।