पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आयल निगमले पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको छ ।अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।
विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४.५ रुपैयाँ पर्ने छ ।सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।