बैंकहरुले यथावत राखेको ब्याजदर लागू, कति घट्यो कर्जाको ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनामा लागि सार्वजनिक गरेको ब्याजदर आजदेखि कायम भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर तीन महिनादेखि नै यथावत राखेका छन् । गत मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले बैंकहरुको निक्षेपको ब्याजदर यथावत राखेका हुन् । सो बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।
असार महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, संस्थागत मद्दति निक्षेपमा ७.९९९ प्रतिशत ब्याजदर तोकिएको छ । जेठ महिनामा पनि बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकहरुले अब आगामी असारमा पनि सोही ब्याजदर कायम भएको छ ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कर्जाको ब्याजदर भने केही घटेको छ । बैंकहरुको बेस रेटको आधारमा कर्जाको ब्याजदर केही घटेको हो ।
प्रकाशित विवरण अनुसार वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर शून्य दशमलव २ प्रतिशतदेखि शून्य दशमलव २४ प्रतिशत घटाएका छन् । योसंगै असारमा कर्जाको औसत ब्याजदर १२.४५ प्रतिशत कायम भएको छ । तर, गत बैशाखमा भने यस्तो ब्याजदर १२.६५ प्रतिशत रहेको थियो ।