घट्याे यूट्यूब च्यानल माेनिटाइजेशनकाे मापदण्ड, कति सब्सक्राइबर र वाच टाइमले कमाउन सक्छन् ?

काठमाडौ । गुगलको लोकप्रिय भिडियो प्लाटफर्म युट्युबले आफ्नो युट्युब पार्टनर कार्यक्रम (YPP) अन्तर्गत माेनिटाइजेशनकाे नीति परिवर्तन गरेको छ।
अब छिट्टै क्रियटर्सहरूले आफ्नो यूट्यूब च्यानलमा ५०० सब्सक्राइबर र तीन हजार घण्टा वाच टाइम पूरा गरेपछि आफ्नो च्यानल माेनिटाइज गर्न सक्ने भएका छन्।
यसअघि युट्युब च्यानललाई माेनिटाइज गर्न एक हजार सब्सक्राइबर र ४ हजार घण्टा वाच टाइम पुरा हुनुपर्दथ्याे । यसैगरी, शर्ट भिडियोकाेलागि वाच टाइम मापदण्ड १० मिलियनबाट घटाएर ३ मिलियन वा ३० लाखमा घटाइएको छ। छाेटाे भिडियाेबाट पैसा कमाउनकालागि ९० दिनमा ३० लाख भ्यूज आउनुपर्नेछ । यूट्यूबले साना क्रियटर्सहरूलाई प्राेत्साहन गर्न माेनिटाइजकाे नीतिमा परिवर्तन गरेको हाे।
साना सिर्जनाकर्तालाई आम्दानीकाे नयाँ तरिका
द भर्जको एक रिपोर्टका अनुसार,साना सिर्जनाकर्ताहरूकालागि यूट्यूबले पेड च्याट, टिपिङ, च्यानल सदस्यता र किनमेलका सुविधाहरूसहित कमाउने अन्य केही फिचर पनि दिएकाे छ।
नयाँ माेनिटाइजेशन नीति कहाँ भयो लागु ?
संचारमाध्यमकाे रिपोर्टका अनुसार युट्युबले अमेरिका,बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा नयाँ माेनिटाइजेशन नीति लागु गरेको छ । अब छिट्टै अन्य देशमा पनि लागु हुने भएकाे छ।
यूट्यूबबाट कसरी हुन्छ आम्दानी ?
पहिलाे कुरा यूट्यूबमा आफ्नो च्यानल हुनुपर्नेछ जसमा आफूले भिडियाे अपलाेड गर्न सकियाेस् । क्रियटरकाे उमेर १८ वर्ष भन्दा बढि हुनपर्छ । आफ्नाे पेमेन्ट मेथड वा विज्ञापन बुझ्ने क्षमताकालागि पनि १८ वर्ष माथि हुन आवश्यक रहेकाे छ । प्रयाेगकर्ताकाे देशमा यूट्यूब सदस्यता उपलब्ध हुनु पनि जरूरी हुन्छ । प्रयाेगकर्ताका सबै भिडियाे तीन हजार घण्टासम्म हेरिएकेा हुनुपर्ने पनि एक मापदण्ड रहेकाे छ । यसैगरी, च्यानलमा ५०० सब्सक्राइबर्स हुनु आवश्यक छ । यी सबै सर्त पुरा गरेपछि माेनिटाइजेशन इनेबल गर्नर्छ । यसरी भिडियाेमा विज्ञापन दिन अनुमति प्रदान गरिनेछ । प्रकृया पुरा भएपछि भिडियाे अपलाेड गर्दा माेनिटाइज विद याडकाे बक्समा क्लिक गर्नुपर्ने हुन्छ । यसपछि आफ्नाे अकाउण्टमा डक्यूमेन्टेसन प्रकृया गर्नुपर्छ । च्यानलमा यी सबै प्रकृया पुरा गरेपछि भने हरेक भ्यूबापत एक निर्धारित रकम पाइनेछ ।त्यसैगरी, भिडियाे जति धेरै हेरिन्छ, त्यति नै धेरै कमाउन सकिनेछ ।
युट्युब कसरी सुरु भयो ?
सन् २००४ को कुरा हो । चाड हर्ले, स्टीभ चेन, जावेद करिम, अनलाइन भुक्तानी प्रणाली पेपाल (अमेरिकी बहुराष्ट्रिय वित्तीय प्रविधि कम्पनी) मा काम गर्ने तीन साथीहरू सान फ्रान्सिस्कोमा एक डिनर पार्टीमा भेटे। तीनै जनाले अनलाइन डेटिङ सेवा सुरु गर्ने योजना बनाएका थिए। २००५ काे भ्यालेन्टाइन डे अथवा फेब्रुअरी १४ मा डोमेन youtube.com सुरु भएको थियो। यसको पहिलो कार्यालय एक ग्यारेजमा बनाइएको थियो।
डेटिङ सेवा असफल भएपछि भिडियो स्ट्रिमिङ प्लाटफर्म
ती तीन साथीहरूले मानिसहरूले यस प्लाटफर्ममार्फत आफ्नो भिडियो अपलोड गरून् र आफूलाई कस्तो जीवनसाथी चाहिन्छ भन्ने कुरा बताउन् भन्ने चाहन्थे। समय बित्दै गयाे तर कुनै भिडियो अपलोड भएन । यो याेजना विफल भएपछि, तीन संस्थापक मध्ये एक, जावेद करीमले २३ अप्रिल २००५ मा पहिलो भिडियो अपलोड गरे।
यस भिडियोको शीर्षक थियो ‘मी एट द जुु’। यो १९ सेकेन्डको भिडियोमा जावेद करिम आफैं सान डिएगो चिडियाखानामा हात्तीसँग कुरा गरिरहेको देखिएका छन् । सेप्टेम्बर २००५ सम्म, यूट्यूबको पहिलो भिडियोले १० लाखभन्दा बढी भ्यूहरू प्राप्त गरेको थियो। आज त्यो भिडियो २६ करोड भ्यु र १.३ करोड लाइक छ । जावेदले ट्रायलकोलागि च्यानल बनाएका थिए, जसमा १८ वर्षमा अपलोड गरिएको मी एट द जु एक मात्र भिडियो हो। त्यहींबाट यूट्यूब डेटिङ साइटबाट भिडियो प्लाटफर्ममा परिणत भयो।
एजेन्सी ।