असारमा ब्याजदर यथावत राख्ने निर्णय

काठमाडौ ।बैंकहरूले असार महिनामा ब्याजदर यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हाे ।
संघको आज बिहान बसेको कार्यसमितिको बैठकले निक्षेपकाे ब्याजदर यथावत राख्ने र कर्जाकाे ब्याजदर घटाउने निर्णय गरेको एक बैंकका सीईओले बताए ।जस अनुसार असारका लागि पनि निक्षेपकाे ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ । गत वर्षकाे चैत्र महिनामा ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतमा झारिएको थियो । सोही ब्याजदरलाई हालसम्म यथावत राखिएकाे छ ।