नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)

वेलकम खबर
बैशाख २९, २०८०

काठमाडौं । लामो समयदेखि अन्यौलतामा रहेको मौद्रिक नीति साउन २९ गते शुक्रवार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार तयारी अवस्थामा राखिएको मौद्रिक नीति भोलि सार्वजनिक गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकका लागि आफूले सबै प्रक्रिया र तयारी सकेको पटक पटक जनाउँदै आएको थियो । तर, अर्थ मन्त्रालयबाट सो नीति सार्वजनिक गर्न भने अनुमति नपाउँदा रोकिएको मौद्रिक नीति अपेक्षित समय भन्दा झण्डै एक महिना ढिलो सार्वजनिक हुन लागेको हो ।

नियमित बैङ्किङ गतिविधिदेखि बजेट कार्यान्वयनका धेरै विषयहरू मौद्रिक नीतिका कारण अलमलमा रहँदै आएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बित्न लाग्दा समेत मौद्रिक नीति जारी नहुँदा विभिन्न आर्थिक नीति र नियमहरूलाई कार्यान्वयन गर्न समस्या परेको सबै पक्षबाट गुनासो आइरहेको छ ।

यसअघिका हरेक जसो सप्तान्तमा मौद्रिक नीति जारी हुने भन्दै अनौपचारिक रूपमा मिति तोक्ने र त्यसलाई टार्न काम हुँदै आएको थियो । गभर्नरदेखि राष्ट्र बैंकका माथिल्लो तहका सबै कर्मचारीहरूले मौद्रिक नीति जारी गर्न ढिलाइ हुँदै गएकोमा विभिन्न ढङ्गबाट असन्तुष्टि समेत व्यक्त गर्न थालेका थिए ।

अर्थ मन्त्रालयले भने बदलिँदो राजनीतिक परिबेसमा जारी हुने मौद्रिक नीति जेठ १५ मा अध्यादेश मार्फत सार्वजनिक गरिएको बजेटबाट मात्र निर्दिष्ट भएर सार्वजनिक गर्न नहुने अडान राख्दै आएको थियो ।

उता, राष्ट्र बैंकले भने मौद्रिक नीति जारी नहुँदा विभिन्न खालका दीर्घकालीन असर पर्ने समस्याहरू उत्पन्न भएको हुँदा अर्थ मन्त्रालयले पेस गर्ने भनिएको बजेटको प्रतिस्थापन विधेयकका आधारमा समीक्षा मार्फत मौद्रिक नीतिलाई संशोधन गर्दै आएको थियो ।

शुक्रवार मौद्रिक नीति सार्वजनिक भएपछि अर्थतन्त्रलाई नयाँ ढङ्गले चलायमान गर्न सकिने भन्दै बैंक तथा वित्तीय क्षेत्र र व्यापारी व्यवसायी समुदायले समेत खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु