मौद्रिक नीति : अब बैंकमा पैसा राख्दा थोरै ब्याज पाइने, ऋण लिँदा धेरै तिर्नुपर्ने!

वेलकम खबर
साउन ३, २०७९

कामठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गर्दै छ। यही हप्ता सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुर्याएको हो।

बैंक तथा वित्तीय संस्थाहरुलाई मार्गदर्शन गर्ने गरी आउनलागेको मौद्रिक नीति आफैँमा ब्याजदर बढ्ने गरी आउने राष्ट्र बैंकले यसअघि नै मुख फोरिसकेको छ।
गभर्नर अधिकारी आफैँले सार्वजनिक कार्यक्रममा महंगी नियन्त्रणको लागि पनि बैंकहरुको ब्याजदर बढ्ने बताइसकेका छन्। त्यस्तै उनले अहिले अर्थतन्त्र केही असजिलो अवस्थामा रहेकोले त्यो अवस्था बैंकहरुले र ऋणीहरुले समेत भोग्नुपर्ने बताएका छन्।

उनले सधैँ नाफा मात्रै बढाउने वातावरण दिन नसकिने स्पष्ट पारिसकेका छन्। नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ। मौद्रिक नीतिले बैंकहरुलाई मार्गनिर्देशन गरिसकेको छैन। तर बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने निर्णय गरिसकेका छन्। तर ऋणको ब्याजदर बढ्ने निश्चितता भने राष्ट्र बैंकबाट भइसकेको छ।

त्यसले बैंकमा पैसा जम्मा गर्दा कम ब्याजदर र ऋण लिँदा बढी ब्याजदर पर्ने देखिएको हो। बैंकको निक्षेप र ऋणकोे प्रत्यक्ष हिसाब स्प्रेडदर ९ कर्जा र निक्षेपको ब्याजदर अन्तरमा हुन्छ। कर्जा र निक्षेपको अन्तर यसपटक राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बढाउने मनसाय बनाएको छैन।
त्यसले गर्दा बैंकहरुले निक्षेपको ब्याजदर नबढाउनेबारे गरेको निर्णयबाट लाभ लिन बैंकहरुलाई समेत सकस हुने देखिएको छ।
वाणिज्य बैंकमा आबद्ध सीईओहरुको छाता संस्था नेपाल बैंकर संघले फागुन महिनादेखि निक्षेपको अधिकतम ब्याजदर ११ दशमलव ०३ प्रतिशत कायम गरेको छ। फागुनदेखि बैंकमा पैसा जम्मा गर्न जानेहरुको लागि ब्याजदर बढेको छैन।
अबदेखि ऋणको ब्याजदर समेत वृद्धि हुने देखिँदा समेत साउन महिनामा पनि सोही दर निक्षेपमा कायम हुने निर्णय गरिसकेको छ।
त्यसले गर्दा बैंकमा पैसा जम्मा गर्न जानेहरुलाई उत्साहजनक बनाउन सकिरहेको छैन।संघमा आबद्ध एक सीईओले नेपालखबरसँग भने, ‘निक्षेपको ब्याजदर बढाउने भनेको बढी आकर्षित गर्नलाई हो तर ब्याजदर बढाएर मात्रै निक्षेप नबढ्ने देखिएकोले ११ दशमलव ०३ प्रतिशत नै कायम राख्ने निर्णय भएको हो।’
उनले अब अन्य व्यवस्था मौद्रिक नीति आएपछि नै निर्देशित हुने बताए। त्यसो त विकास बैंकहरुले समेत निक्षेपको ब्याजदर नबढाउने निर्णय गरिसकेका छन्।

कस्तो छ बैंकहरुको ऋण प्रवाह र निक्षेप संकलनको अवस्था ?
असार मसान्तसम्ममा अर्थात् गत आवमा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

त्यसमा वाणिज्य बैंकहरुको हिस्सा ४५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय कम्पनीहरुले ६ अर्ब १३ रुपैयाँ संकलन गरेका हुन्।
त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुको ऋण प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुले कुल ऋण प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँ गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

बैंक तथा वित्तीय संस्थाको कर्जा र निक्षेपको अनुपात ८६ दशमलव २२ प्रतिशत छ। राष्ट्र बैंकले अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने बताएको निर्देशनबमोजिम नै रहेको देखिएको हो।

बैंकको ऋण कुन क्षेत्रमा बढी ?
जेठ मसान्तसम्मको विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३।५ प्रतिशतले बढेको छ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ।

२०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ। २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७८र७९ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०।१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ प्रतिशतले बढेको छ।

जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १२.६ प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १७.९ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० १६.८ प्रतिशतले र हायर पर्चेज कर्जा २.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ५३.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७.६ प्रतिशतले घटेको देखिएको छ।nepalkhabar

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु