प्रधानमन्त्रीले गभर्नर अधिकारीलाई भने- ‘आर्थिक अवस्था सुध्रिने मौद्रिक नीति ल्याउनुस्’

वेलकम खबर
असार ३०, २०७९

काठमाडौँ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार ब्रिफिङ गरेका छन् । ब्रिफिङमा प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन भनेका छन् ।प्रधानमन्त्री निवासमा भएको ब्रिफिङमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी पनि थिए ।

‘गभर्नर अधिकारीले नीतिको विषयमा प्रस्तुति गरेका थिए,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले कहिले नीति ल्याउनुहुन्छ रु भन्ने मात्रै प्रश्न गर्नु भयो ।’उत्तरमा गभर्नर अधिकारीले आउँदो साता ल्याउने बताएका थिए । ‘त्यसमा अहिलेको अवस्था सुधार गर्ने खालको नीति हुनुपर्छ भनेर प्रधानमन्त्री देउवाले अधिकारीलाई भनेका थिए,’ ती मन्त्रीले भने । अहिले गभर्नर अधिकारीमाथी एमालेको एक विभागमा नाम राखिएको विषय चर्चामा छ । प्रधानमन्त्री मन्त्रीहरुले गभर्नर अधिकारीलाई त्यस विषयमा कुनै प्रश्न गरेनन् रु एक मन्त्रीले भने( ‘केही कुरै भएन ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु